2026/07/29

महामन्त्री शर्माको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?

Admin
Admin

२०८०-०७-२७

534
Shares
महामन्त्री शर्माको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपालमा टिकटक तत्कालका लागि बन्द गर्ने निर्णय गरेको थियो । यसरको विरोध गर्दै कांग्रेस महामन्त्री शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिम रहित उपचार खोज्ने प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रश्न गरेका छन् । 

‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रियो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? उनले प्रश्न गर्दै भनेका छन्, ‘ सरकार स्पष्ट होस्, राज्यले ‘स्वच्छन्दता’ नियन्त्रण गर्ने हो ‘स्वतन्त्रता’ नियन्त्रण गर्ने होइन !’

सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने भन्दै उनले सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गर्न र तार्किक निष्कर्ष पहिल्याएर पालना गर्न आग्रह गरेका छन् । 

उनले सामाजिक द्वेष फैलाउनेलाई पहिचान गरेर , नियम बनाई त्यही व्यक्तिको मात्रै टिकटक बन्द गर्न आग्रह गर्दै बुँदागत सुझाब दिएका छन् । 

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja