भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले फर्किने क्रममा एकजना घाइतेलाई काठमाडौं उपचार गर्न ल्याएका छन् ।
उनले मंगलबार काठमाडौं फर्कने क्रममा भूकम्पबाट गम्भीर घाइते (ढाडमा गम्भीर समस्या रहेका) वीरे पुनलाई काठमाडौं ल्याएका हुन् । ती बिरामी जाजरकोटका हुन् ।
राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । त्यसक्रममा उनले पीडित परिवारसँग भेटघाट र अस्पतालमा बिरामीहरुको अवस्था पनि बुझेका छन् ।
उक्त क्रममा उनले सरकारलाई पीडितहरुको लागि तत्काल राहत र पूननिर्माणको काम थाल्न निर्देशन दिए ।