2026/07/28

फैलिँदो अश्लीलता रोक्ने पहल, टिकटक सिंगापुरका प्रनिनिधि पुगे सिंहदरबार

Admin
Admin

२०८०-०७-१९

534
Shares
फैलिँदो अश्लीलता रोक्ने पहल, टिकटक सिंगापुरका प्रनिनिधि पुगे सिंहदरबार

सरकारले टिकटकमार्फत् अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

टिकटकमा सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री राख्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले प्रक्रिया थालेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन वा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हटाउने व्यवस्था मिलाउन पहल थालिएको हो । 

यस्ता काममा संलग्न दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउने सहमति दुई पक्षबीच आइतबार भएको छ ।

उक्त उद्देश्यसहित शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायत सरकारी निकाय तथा टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

उक्त छलफलपछि टिकटकमार्फत् बढ्दो विकृति नियन्त्रण गर्न नेपाल सरकार र टिकटक सिंगापुरका प्रतिनिधिहरूबीच सहमति भएको छ। सरकारले टिकटकका प्रतिनिधिहरूलाई अश्लील र कानुनविपरीतका सामग्री स्वत: हटाउने व्यवस्था गर्न भनेको छ ।

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja