2026/09/13

राष्ट्रपति रामचन्द्र पौडेलले दिए दसैँको शुभकामना

Admin
Admin

२०८०-०७-०४

528
Shares
राष्ट्रपति रामचन्द्र पौडेलले दिए दसैँको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्। 

शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीलाई दसैँको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।

बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत उनले गरेका छन्। 

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।’

बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

‘बडा दशैं पर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्छ भन्ने मलाई  लागेको छ,’ राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ। 

हेर्नुहोस् राष्ट्रपति पौडेलको शुभकामना सन्देश

528
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja