2026/09/14

सुनको मूल्य अहिलेसम्मकै महँगो

Admin
Admin

२०८०-०७-०२

514
Shares
सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपालमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ।बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। त्यसयता घटेको मूल्य फेरि बढ्न थालेको हो। बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो।

बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन्।   आज चाँदीको भाउ एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja