2026/09/13

दुर्गा प्रसाईंका कार्यकर्ताले तोडफोड गरे एमालेका सात गाडी

Admin
Admin

२०८०-०६-२५

512
Shares
दुर्गा प्रसाईंका कार्यकर्ताले तोडफोड गरे एमालेका सात गाडी

झापाको अर्जुनधारामा एमाले नेताकार्यकर्ताको गाडी तोडफोड भएको छ । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी तोडफोड भएको हो ।

नेता बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईंका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । 

एमाले नेताकार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको छ  । तोडफोडबाट सात वटा गाडीमा क्षति पुगेको छ। तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सोमबार काठमाडौंको कान्तिपथमा आफूमाथि कालोमोसोसहित आक्रमण भएपछि व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघका कार्यकर्ताले घटना घटाएको दाबी गरेका थिए । 

उक्त घटना पछि प्रसाईंले भनेका थिए, ‘हजुरबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरुले दिनुभएको पैँचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछ ।’ 

512
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja