2026/09/13

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२१

586
Shares
जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौं । जनकपुरधाममा रहेको जनकपुर बिग  मार्टमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको सो मार्टमा शनिबार राति आगो लागेको थियो। 

दमकलको समेत प्रयोग गरी नेपाली सेना, प्रहरी र स्थानीयको मद्दतमा आइतबार बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो। आगो निभाउन  जनकपुर उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र (दमकल) प्रयोग गरिएको थियो। 

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। सञ्चालक रायले आगलागीबाट १० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको बताए। 

सञ्चालक रायले भने, ‘हामीहरू मार्टको दोस्रो तलामा बसिरहेको थियौँ। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ।’

586
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja