2026/09/14

सप्तरीको दलित बस्तीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१२

602
Shares
सप्तरीको दलित बस्तीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

काठमाडौं । सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा शुक्रबार(आज) बिहान आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा जस्ताले छाएको ४ वटा घर, खाद्यान्न सामग्री, २ वटा साइकल, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले जनाएको छ। आगोमा जलेर २ गाई समेत मरेका छन्। 

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमान नगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए। उनका अनुसार आगलागीका कारण करिब ७ लाख बराबरको क्षति भएको छ।

स्थानीयवासी, हनुमान नगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमान नगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।

602
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja