2026/09/13

राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन

Admin
Admin

२०८०-०६-१२

645
Shares
राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन

राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।

राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको पुष्टि नर्भिक अस्पतालका कार्यकारी अधिकृत अजय मिश्रले गरेका छन्। 

गम्भीर स्वास्थ्य समस्या देखिएपछि कार्कीलाई शुक्रबार बिहान ७ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको थियो।

ओखलढुंगा घर भएका कार्कीको निधन शुक्रबार बिहान भएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन्। 

गम्भीर बिरामी परेपछि अस्पताल लगिएका कार्कीको बाटैमा निधन भएको थियो। नर्भिकले आवश्यक चेकजाँचपछि उनलाई मृत घोषणा गरेको थियो। 

कार्कीले बिहीबार राति अस्वस्थ महसुस गरेर बान्ता गरेका थिए। कार्की गत असारदेखि राष्ट्रपति कार्यालय कानुन महाशाखामा थिए। त्यसपहिले उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।

645
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja