2026/04/16

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी हुँदा चेल्सी पराजित

रायबर अनलाइन

२०८०-०६-०८

516
Shares

काठमाडौं  । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३—१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०—१ ले पराजित भयो ।

भिल्लाका लागि ओली वाटकिन्सले ७३औं मिनेटमा एक मात्र निर्णायक गोल गरे । 

लिभरपुलका लागि मोहम्मद सलाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक(एक गोल गरे । वेस्ट ह्यामका लागि जरोड बोवेनले एक सान्त्वना गोल गरेका हुन् ।

गएराति नै आर्सनल र टोटेनहमको खेल पनि २२ गोलको बराबरीमा टुंगियो ।  न्युक्यासलले शेफिल्ड युनाइटेड माथि ८—० जित दर्ता गरेको थियो । 

516
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.