2026/04/16

आन्दोलनरत शिक्षकहरू र सरकारबीच सिंहदरबारमा दोस्रो वार्ता

Admin

२०८०-०६-०४

457
Shares

काठमाडौं,४ असोज

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।

सिंहदरबारमा सरकारका चारजना मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो ।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी छन् ।

त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित छन् ।

आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट छ्न् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।

आन्दोलनरत पक्ष र सरकारबीच बिहीबार बिहान पनि वार्ता भएको थियो । तर सहमति हुन् नसकेपछि वार्ता भाँडिएको थियो ।

 

457
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.