2026/09/14

यस्तो रहने छ आज देशभभरको मौसम

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०१

611
Shares
यस्तो रहने छ आज देशभभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू—भाग र मध्यप्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

सोमबार(आज) बिहानसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका केही स्थानहरूमा र देशका बाँकी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू—भागको थोरै स्थानहरूमा र बाँकी  भू—भागको एक९दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

611
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja