2026/09/13

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु बिपीमाथि अन्याय हो : गगन थापा

Admin
Admin

२०८०-०५-३०

566
Shares
बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु बिपीमाथि अन्याय हो : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्।

शनिबार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए। 

उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे। बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेका उनको भनाइ थियो।

उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताए। उनले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रिय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको उल्लेख गरे।

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताए।

566
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja