2026/09/13

अल बिदा सुवास नेम्वाङ

Admin
Admin

२०८०-०५-२८

533
Shares
अल बिदा सुवास नेम्वाङ

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ।

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।  

भदौ २६ गते हृदयघातका कारण निधन भएको नेम्वाङलाई १७ तोपको शलामी दिँदै अन्तिम विदाई गरिएको छ।

533
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja