2026/07/29

सडक माथिबाट ठूलो ढुङ्गा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

Admin
Admin

२०८०-०५-२५

587
Shares
सडक माथिबाट ठूलो ढुङ्गा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग  अवरुद्ध भएको हो। 

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।  उनले भने, ‘ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन्।’

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्। यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। आइतबार राति खसेका चार वटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए। 

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ।

587
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja