2025/11/21

बालुवाटारको जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

Admin

२०८०-०५-१५

446
Shares

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरूको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजङ्ग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १८ जनालाई पक्राउ गरेको थियो ।

शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले  बताए । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरूको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

 

446
Shares

धेरै हेरिएका

©News Kunja 2021-2025. All rights reserved.