2026/09/13

पहिचानको कुरा गर्नेले अरुको धर्म र आस्थाको पनि सम्मान गर्नुपर्छ : प्रधानमन्त्री

Admin
Admin

२०८०-०५-१२

565
Shares
पहिचानको कुरा गर्नेले अरुको धर्म र आस्थाको पनि सम्मान गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पहिचानको नाममा भइरहेको गतिविधिबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘अनेकतामा एकता नेपालीको पहिचान हो। नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपुर्‍याई आफ्नो धर्म मान्ने अधिकार दिएको छ’, उनले भने, ‘यहाँ समाजिक सह-अस्तित्व कायम हुन दिने कुरामा सरकार प्रतिवद्ध छ। एकअर्काको धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्य र अभिव्यक्तिलाई सरकारले रोक्छ।’

उनले जवाफका क्रममा सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारले हुन नदिने बताए। ‘नेपालको संविधानको पालना गर्नु सबैको दायित्व हो। हामी नेपालीहरु सदियौँदेखि मिलेर बसिरहेका छौँ’, उनले भने, ‘पहिचानको कुरा गर्दा अरुको आस्था र पहिचानको पनि सम्मान गर्न सक्नुपर्छ। सरकार यस कुरामा गम्भीर छ। सबैले संविधानको पालनासँगै अरुको आस्था र धर्ममा पनि असर गर्ने गतिविधि गर्नु हुँदैन।’

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja