2026/07/29

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउँने अवधि अब पाँच वर्ष कायम

Admin
Admin

२०८०-०५-१२

523
Shares
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउँने अवधि अब पाँच वर्ष कायम

१२ भदौ काठमाडौं

सरकारले 'उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले उक्त निर्णय गरेपछि सोमबार एक सार्वजनिक सूचना जारी गरिएको हो।

 

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउँने प्रावधान झन्झटिलो र सीमित अवधि हुँदा विद्यार्थीहरू मर्कामा थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक प्रमाणपत्र सच्याउने वाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहक सबैले एकवर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।

 

संशोधित नियममा भनिएको छ- 'कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिईसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ।'

 

त्यसैगरि अगाडि भनिएको छ, 'तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच बर्षभन्दा पुरानो कुनै ब्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ।' नागरिकता सच्चाएको एक पर्षभित्र पनि विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छन्।

523
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja