2026/09/13

ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने देखियो : गगन थापा

Admin
Admin

२०८०-०५-११

519
Shares
ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने देखियो : गगन थापा

११ भदौ, काठमाडौं

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राखेका छन् ।

 

ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको थापाले बताए । ‘यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं’ थापाले भने ।

 

भ्रष्टाचार र अनियमितताका काण्डहरुमा सार्वजनिक रुपमा ठूलाहरुले चर्को बोल्ने, एक अर्कालाई तर्साउने तर बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकुलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना धेरै देखिएको थापाले बताए ।

 

519
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja