2026/09/13

धरानमा शेखरले भने : देशमा जातीय द्वन्द्व निम्त्याउन खोजिँदैछ

Admin
Admin

२०८०-०५-१०

535
Shares
धरानमा शेखरले भने  : देशमा जातीय द्वन्द्व निम्त्याउन खोजिँदैछ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातिय र धार्मिक द्धन्दमा धकेल्न कोशिश गरिरहेको बताएका छन् ।

'देशमा साम्प्रदायिक द्वन्दको बिजारोपण गरेर सामजिक-धार्मिक सदभाव बिथोल्न खोजिंदैछ, त्य‍‍ो हामी कदापि स्विकार्न सक्दैनौं ' कोइरालाले भने।

धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउँने अधिकार संबिधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए । उत्तेजना र बहकाउमा नलागी जातिय र धार्मिक सदभाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको "ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०" को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए ।

535
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja