2025/11/20

इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध

रायबर अनलाइन

२०७९-०१-१३

359
Shares

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराउनुभएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित हुनुभएको भएको बताइएको छ ।ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । 

359
Shares

©News Kunja 2021-2025. All rights reserved.