2026/07/28

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेको निलम्बनको माग

Admin
Admin

२०८१-१२-२७

565
Shares
काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेको निलम्बनको माग

काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी र पेशागत संगठनले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्न माग थगरेका छन् । आज (बिहीबार) उनीहरुले पाण्डेमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

पाण्डेलाई कारबाहीको माग गर्दै स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचावाबु मालाकार र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघकी अध्यष रमिला पुजारीले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरिएको छ ।

गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा आउने क्रममा महानगर प्रहरी प्रमुख पाण्डको अगुवाइमा अनुशासनहीन, गैरकानुनी र अमर्यादित कार्य भएको कर्मचारी संगठनहरुको दाबी छ । उनीहरुले भनेका छन्, ‘आचरणविपरीतको कार्यमा उत्रिने महानगर प्रहरी बलको प्रमुखलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राखी छानविन कार्यलाई सहज बनाइयोस् ।’

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja