2026/07/28

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय ज्ञवालीसहित पाँच एआईजीको सरुवा 

Admin
Admin

२०८०-०५-०२

765
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय ज्ञवालीसहित पाँच एआईजीको सरुवा 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका नेपाल प्रहरीका श्याम ज्ञवालीसहित पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा भएको छ। 

केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ। 

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई सरुवा गर्न दबाब दिएको समाचारहरू बाहिरिएका थिए। 

ज्ञवालीकै टिमले पूर्वगृहमन्त्री कांग्रेसका बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गरेको थियो।

यस्तै कार्य विभागकी एआईजी मिरा चौधरीलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रशासन विभागमा रहेका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ।

मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई भने मानवस्रोत विभागमा सरुवा गरिएको छ।

765
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja