2026/07/28

धनगढीमा खाना पकाउने ग्याँस पड्कियो, तीन जना घाइते

Admin
Admin

२०८१-१२-०२

451
Shares
धनगढीमा खाना पकाउने ग्याँस पड्कियो, तीन जना घाइते

काठमाडौं– कैलालीको धनगढीमा खाना पकाउने ग्यास पड्किँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। 

उनीहरुको अवस्था खतरामुक्त रहेको छ। जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्। जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ।

451
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja