2026/07/30

ओलीको दाबी : २०८४ एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ

Admin
Admin

२०८०-०६-०९

600
Shares
ओलीको दाबी : २०८४ एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा हुने आम निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् ।

सोमबारदेखि सुरु पार्टीको बागमती प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ०८४ को निर्वाचनमा जुनसूकै शक्ति आएपनि एमालेललाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए । 

‘जोजो विरोधी हुन् उनीहरुले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ । तर मिसन ८४ ले तपाईंहरूका सबै क्रियाकलापलाई जवाफ दिनेछ’, ओलीले भने, ‘एमालेले एकल बहुमत ल्याएर सरकार बनाउँछ।’

चुनावमार्फत एमालेले जवाफ दिने भन्दै उनले एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताए ।

‘नेकपा एमाले मरेको बिरालो भएर होइन जिउँदो बाघ भएर अघि बढ्छ । राष्ट्रिय स्वाभिमानको झन्डा एमालेले तल झर्न दिँदैन’, उनले भने।

ओलीले एमालेका नेता कार्यकर्तालाई पनि देश र जनतालाई यो दिन्छु भन्ने भावनाका साथ अघि बढ्न निर्देशन दिए ।

पत्रपत्रिकाले एमालेभित्र यो र त्यो उम्मेदवार भनेर प्रचार गरिरहेको भन्दै त्यसमा नलाग्न प्रदेश नेतृत्वका आकांक्षीहरुलाई अध्यक्ष ओलीले सचेत गराए ।

उनले मिसन ०८४ लाई सफल पार्न यो अधिवेशन कोशेढुंगा सावित हुने बताए।’अब हामी कसरी अगाडि बढ्छौं र मिसन ०८४ लाई कसरी सफल पार्छौं यस कुरामा यस अधिवेशनले ऐतिहासिक योगदा नगर्ने छ’, उनले भने । 

600
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja