2026/07/29

बाल कैदीबन्दी तोडफोडमा उत्रिएपछि वीरगञ्जको बालसुधार गृहमा तनाव

Admin
Admin

२०८०-०५-२७

554
Shares
बाल कैदीबन्दी तोडफोडमा उत्रिएपछि वीरगञ्जको बालसुधार गृहमा तनाव

वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो।

केही दिन अघि भक्तपुरबाट ल्याइएका २३ जना बालकहरुले आफूहरु यहाँ बस्न नसक्ने भन्दै तत्काल अर्को सुधार केन्द्रमा लैजान स्थानीय प्रशासनलाई दवाव दिएका थिए। २३ जना बालकहरुले भक्तपुरको सुधार केन्द्रमा समेत प्रदर्शन र तोडफोड गरेपछि वीरगञ्ज ल्याइएको थियो।

भक्तपुरबाट ल्याइएका बालसमूहको उत्साहटमा लागेर सुधार केन्द्र भित्र रहेका अन्य बालकहरुले समेत ढुंगा प्रहार गरेको पर्सा प्रहरीको भनाई छ। घटनामा एकजना महिला प्रहरी घाइते भएकी छन् । उनको आँखा नजिक चोट लागेको छ। त्यस्तै चार बाल कैदी बन्दी घाइते भएको पर्सा प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य छ।  

वीरगञ्ज बालसुधार केन्द्रका प्रमुख टिका काफ्ले सुधारकेन्द्रमा रहेका बालकहरुले भित्रबाट इट्टा र ढुंगा प्रहार गरेको र सुधार केन्द्रको भवन तोडफोड गर्नेगरी आक्रमण गरिरहेकोले सुरक्षा दिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोनबाट गुहार मागेका थिए ।

गएराति ८ बजेबाट नाराबाजीमा उत्रिएका उनीहरुले एक्कासी ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थिती तनाव ग्रस्त बनेको हो । पर्साका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा रहेको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको थियो । अवस्था अहिले सामान्य रहेपनि के कारणले बालसुधार केन्द्र भित्र रहेका बालकहरुले आन्दोलन गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।

554
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja