2025/11/20

एमाले लुम्बिनी प्रदेश अधिवेशनः मतगणना सुरु, आजै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी

Admin

२०८०-०५-१९

365
Shares

काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको  मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो । 

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको  थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो । 

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माले उम्मेदवारी  दिएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै गणना सकेर रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।

365
Shares

©News Kunja 2021-2025. All rights reserved.