2026/07/28

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र दिपेशसँग सीआईबीले लियो बयान

Admin
Admin

२०८०-०५-१९

610
Shares
सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र दिपेशसँग सीआईबीले लियो बयान

गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसन्धान गरिरहेको छ।

राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ गरिरहेको छ।

त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ। सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो।

यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ।

सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि सीआईबीले बयान लिएको छ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सोमबार झिकाएर बयान लिइएको सीआईबीले जनाएको छ।

दिपेशको नाम यसअघि पटक पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएको थियो।

सीआईबीले भेपमा लुकाएर भएको नौ केजी सुन प्रकरण र ६० केजी सुन प्रकरणलाई लिएर शंकास्पदहरुलाई सोधपुछ जारी राखेको छ।

यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ। 
 

610
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja