2025/11/21

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनसँग सीआईबीले लियो बयान 

Admin

२०८०-०५-१९

377
Shares

काठमाडौं । सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सोधपुछ गरेको छ ।

सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दीपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।

दावा छिरिङसँग दीपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरू आइरहेका छन् । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेका छन् । त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस छ । छिरिङसहित चिनियाँ टोलीलाई लिएर दीपेश गोसाइँकुण्डसम्मको हवाई यात्रामा गएको पनि सार्वजनिक भएको थियो ।

377
Shares

धेरै हेरिएका

©News Kunja 2021-2025. All rights reserved.