2025/11/20

अमेरिकी सिनेटर होलेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

Admin

२०८०-०५-१५

333
Shares

काठमाडौं, १५ भदौ

संयुक्त राज्य अमेरिकाका सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

नेपाल आएकै दिन आज (शुक्रबार) सिनेटर होलेनले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि जनाइएको छ । 

333
Shares

©News Kunja 2021-2025. All rights reserved.