2026/09/15

सरकारले भन्यो : हाम्रो नक्सालाई छिमेकी र अन्तर्राष्ट्रियले समुदायले सम्मान गरुन्

Admin
Admin

२०८०-०५-१५

579
Shares
सरकारले भन्यो : हाम्रो नक्सालाई छिमेकी र अन्तर्राष्ट्रियले समुदायले सम्मान गरुन्

काठमाडौं, भदौ १५ 

सरकारले नेपालको संसद्ले सन् २०२० मा सर्वसम्मत रुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ। 

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ। 

‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

नेपालले कुनैपनि सीमाको विषय संवाद र कूटनीतिक तवरबाट टुंगो लगाउने पनि परराष्ट्रले जनाएको छ।

चीनले केही दिनअघि जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरेको छैन। यसबारे विवाद बढ्दै जाँदा औपचारिक धारणा सार्वजनिक गरेको हो।

शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको चुच्चे नक्सा बुच्चे भएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग कुरा गर्ने बताएका थिए। 

 

579
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja