2025/11/21

पाकिस्तानको विश्वविद्यालयमा विस्फोट, तीन चिनियाँ शिक्षकसहित चारको मृत्यु

रायबर अनलाइन

२०७९-०१-१३

409
Shares

१३ वैशाख,  काठमाडौँ । पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो ।

विदेशी संकायबाट कन्फ्युसियस केन्द्रतर्फ आउँदै गरेको भ्यानमा बम विष्फोट भएको हो । जसमा केन्द्रका नवनियुक्त सञ्चालक र दुई शिक्षकको मृत्यु भएको छ भने विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको बिबिसीले जनाएको छ ।

मृत्यु हुनेमा ह्वान गुइपिङ, दिङ मुपेङ र चेन साई रहेका छन् । गुइपिङ केन्द्रका निर्देशक थिए, जबकि डिङ मुपेङ र चेन साई केन्द्रमा पढाउँथे। मृत्यु हुने चालकको नाम खालिद रहेको छ । विष्फोटमा एक चिनियाँ नागरिक र एक स्थानीय नागरिक पनि घाइते भएका छन् ।

सुरक्षामा खटिएका दुई रेन्जर पनि घाइते भएका छन् । घाइतेहरुलाई पटेल अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरी अनुसन्धान गरिरहेको बताएको छ ।

409
Shares

धेरै हेरिएका

©News Kunja 2021-2025. All rights reserved.