2026/07/29

हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति, ४५ करोड राजस्व संकलन

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-१३

842
Shares
हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति, ४५ करोड राजस्व संकलन

१३ वैशाख,  काठमाडौं । यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । 

विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् । 

सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् । 

विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जना, हिमलुङ्ग हिमाल आरोहणको लागि ३५ जना, धौलागिरी हिमाल आरोहणकोृ लागि २७ जना, मकालु हिमाल आरोहणको लागि ३९ जना र नुप्त्से हिमाल आरोहणको लागि ५७ जनाले अनुमति पाएका छन् । 

यसवर्ष १३२ जना अमेरिकी, १०५ जना बेलायती, ६३ जना बेलायती, ३४ जना क्यानेडेली, ५५ जना फ्रेन्च, २५ जना जर्मन, २९ जना अष्ट्रेलियाली, २५ जना स्पेनीस लगायतले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

हिमाल आरोहणको लागि अनुमति दिंदा हालसम्म ४५ करोड ६९ हजार ९२१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहणको लागि अनुमति दिंदा मात्र ३७ करोड ८० लाख ६७ हजार २५० रुपैयाँ राजस्व उठेको छ । 

842
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja