2026/07/29

कञ्चनपुरमा किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ

Admin
Admin

२०८१-०९-१६

536
Shares
कञ्चनपुरमा किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ

धनगढीः कञ्चनपुरमा एक किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका छन्। यही पौष १३ गते दिउँसो एक १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका हुन्।

जिल्लाको भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग जादै गरेको अवस्थामा हामी प्रहरी हौँ भन्दै नम्बर एकिन नभएको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले अपहरण गरेरका थिए। यो सूचना कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि पिडित किशोरीलाई पौष १४ गते बिहान भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए।

उनका अनुसार भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही स्थानका ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले पक्राउ गरेको छ। दुबै जनाले कसूर गर्दा प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेर अपहरण तथा शरीर बन्धक लिन नहुने कसूर अन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको ७ म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

536
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja