2026/07/30

बान्नीगढी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Admin
Admin

२०८०-०९-२३

561
Shares
बान्नीगढी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अछाम : स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बान्नीगढी जयगढ गाउँपालिकामा सुरू भएको छ। सोमबार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले कार्यक्रमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अथिती कुँवरले लगनशीलता भएर खेलमा अवश्य सफलता प्राप्ति हुने बताए । खेल क्षेत्रमा गाउँपालिकाले राम्रो प्रगति गरिरहेको खेललाई कसरी आर्थिक सँग जोड्न सकिन्छ भनेर गाउँपालिकाले सोच्नुपर्ने बताए । यश रनिङ शिल्ड प्रतियोगिताबाट खेलाडीहरुले आफ्नो कुशल क्षमता प्रदर्शन गर्न आग्रह गरे।

यस्तै कार्यक्रम बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले खेलको माध्यमबाट राष्ट्रको नाम चिनाउने बिश्वास रहेको बताए । बिगतमा भलिबल किर्केट,ब्याटम्याटल आयोजना गरेको बताउदै अध्यक्ष साउदले खेलाडीहरुले समेत उत्कृष्ट प्रदर्शन गरिरहेको बताए ।

सबैको सुझाव सल्लाह अनुसार नै गाउँपालिकाले बजेट बिनियोजन गरेको आगामी दिनमा समेत गाउँपालिकाले खेल र खेलकुदका क्षेत्रमा काम गरिरहने बताए । एक गाउँपालिका एक खेल मैदान , एक नमुना बिधालय अन्तर्गत सरस्वती माध्यमिक बिधालयलाई लाई नमुना बनाउने लागिपरेको र खेल मैदानका लागि जग्गा प्राप्ति भए आगामी २ बर्ष भित्र खेल मैदान तयार पार्ने अध्यक्ष साउदले उद्घोष गरे। खेलाडीहरुलाई प्रोत्साहित गर्न गाउँपालिकाले सहयोग गरिरहेको अध्यक्ष साउदले बताए ।

कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले अनुशासित भएर खेलाडीले खेल खेल्नुपर्ने बताईन। बान्नीगढी जयगढ गाउँपालिकाबाट राष्ट्रिय स्तरमा खेलाडीहरुले खेल खेलिसकेको बताउदै उपाध्यक्ष रावलले यस शिल्ड प्रतियोगिताताले पनि जिल्ला क्षेत्र र राष्ट्रिय स्तरमा खेलाडीले खेल खेल्न बिश्वास ब्यक्त गरिन।

बान्नीगढीका खेलाडीले राष्ट्रिय स्तरमा कुशलता पुर्वक खेल खेलिरहेका बताउदै उपाध्यक्ष रावलले यो शिल्ड प्रतियोगिताबाट पनि राष्ट्रिय स्तरमा खेल्नु बिश्वास गरिन। गाउँपालिकाको बजेटले भ्याएसम्म खेल र खेलाडीको लागि काम गरिरहेको उनले बताईन ।

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ६ वटा माध्यमिक बिधालयको सहभागीता रहेको छ।

561
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja