2026/04/16

नेपाल र पाकिस्तान खेल्नुअघि प्रशिक्षक देशाइले सम्झिए सचिनलाई

Admin

२०८०-०५-१०

618
Shares

एजेन्सी – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु अघि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरलाई सम्झिएका छन् । एसिया कपको तयारीको लागि पाकिस्तानमा रहेका मोन्टीले पाकिस्तानसँग खेल्नुअघि सचिनलाई सम्झिएका हुन् । पाकिस्तानको प्रसिद्ध क्रिकेट रंगाशाला कराँचीमा अभ्यासपछि मोन्टीले सामाजिक सञ्जाल मार्फत सचिनलाई सम्झिएका छन् ।

‘म एक गौरवान्वित भारतीय र विश्व क्रिकेटको महान टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा निभाउँदै छु । मेरो लागि भारतले र सम्भवत विश्व क्रिकेटले नै पाएको सर्वोत्कृष्ट खेलाडीले १६ वर्षको उमेरमा डेब्यु गरेको मैदान (कराँची) मा उभिन पाउनु गर्वको विषय हो’, मोन्टीले लेखेका छन् ।
सचिनले १६ वर्षको उमेरमा सन् १९८९ नोभेम्बरमा कराँची रंगाशालामा पाकिस्तानविरुद्ध टेस्ट टोलीमा डेब्यू गरेका थिए । सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर हुन् ।

सचिनले २ सय टेस्ट खेलमा ५१ शतकसहित १५ हजार ९ सय २१ रन बनाएका छन् । ४ सय ६३ ओडिआई खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाएका छन् । विश्व ओडिआई र टेस्टमा सचिन सर्वाधिक रन र शतक प्रहार गर्ने खेलाडी हुन् ।

सचिनको उक्त प्रदर्शनले आफू जस्ता धेरै युवा खेलाडीलाई प्रेरणा मिलेको बताउँछन् । ‘सन् १९८९ मा पाकिस्तान विरुद्ध टेस्टमा खेलेपछि सचिनले जुन असम्भव सफलता प्राप्त गरे, त्यसले म र मजस्ता धेरै युवालाई प्रेरणा दियो । म अझै पनि मेरो एससीसी बोर्ड परिक्षा दिँदा आफ्नो हिरोको रुपमा उनलाई हेरेको सम्झन्छु । धन्यवाद मास्टर’, मोन्टीले लेखेका छन् । नेपालले एसिया कपमा भदौ १३ ९अगष्ट ३०० मा पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्नेछ । भारतसँग श्रीलंकाको कान्डीमा भदौ १८ ९ सेप्टेम्बर ४० मा खेल्नेछ ।

नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । मोन्टी गत माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नियुक्तसँगै नेपाली क्रिकेटले जादुमयी प्रर्दशन गर्दै ओडिआई मान्यता बचाएको थियो ।

ओडिआई मान्यता सोझै जोगाउन आइसिसी विश्वकप लिग २ का अन्तिम १२ मध्य ९ खेल आवश्यक थियो । तर मोन्टीको प्रशिक्षणमा नेपालले १२ मध्य ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो ।

त्यस्तै एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । मोन्टीको प्रशिक्षणमा नेपालले विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । एसिया कपमा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने अपेक्षा गरिएको छ । 

618
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.