2026/07/29

रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Admin
Admin

२०८०-०९-२०

745
Shares
रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

 अछाम –अछामको रामारोशन गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । रामारोशन गाउँपालिका –५ को पातल माविमा सुरु भएको राष्टपति रनिन शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले गरेका हुन् ।

रमारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रममा रामारोशन गाउँपालिकाभित्रका माध्यामिक विद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ ।

आफ्नै गृह प्रदेशमा आइपुगेका मन्त्री साउदले यो क्षेत्रको शैक्षिक र खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताए । कार्यक्रममा खेलाडी विद्यार्थीलाई शुभकमना दिँदै मन्त्री साउदले जिल्ला हँुदै प्रदेश र केन्द्रसम्म रामारोशनका विद्यार्थी खेलाडीको प्रतिभा देखिन पाइने विश्वास व्यक्त गरे । मन्त्री साउदले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर साउदले पालिकाले खेल क्षेत्रका लागि विशेष सहयोग गर्ने बताए । गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै साउदले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गरे ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

 

745
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja