2026/04/16

भेनेजुएलामा सडक दुर्घटना, १६ को मृत्यु

Admin

२०८०-०८-२८

536
Shares

भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।

काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जना मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिए।

अधिकारीका अनुसार बुधवार भएको दुर्घटना भएको हो। रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप भएको हो।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताए।  उनले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिए।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताए। उनका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो। रासस

536
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.