2026/07/30

पालिकास्तरिय भलिबल प्रतियोगिताको उपाधि कमलबजारलाई

Admin
Admin

२०८०-०८-२२

593
Shares
पालिकास्तरिय भलिबल प्रतियोगिताको उपाधि कमलबजारलाई

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम विकास नेपालले आयोजना गरेको  पालिकास्तरिय महिला खुल्ला भलिबल प्रतियोगीतामा कमलबजार नगरपालिका प्रथम भएको छ । प्रतियोगिामा द्धितिय पञ्चदेवल विनायक नगरपालिका , तीतृय मेल्लेख गाउँपालिका र सान्तवना जनशिखा क्याम्पस मेल्लेख भएका छन् ।


सम विकास नेपालकी कार्यकारी निर्देशक पशुपति कुवँरकाअनुसार प्रथम पुरस्कार , १ लाख ५० हजार , द्धितिय पुरस्कार ८० हजार , तितृय पुरस्कार ४० हजार र सान्तवना पुरस्कार २० हजार राशीको रहेको थियो । । मंगलबारबाट साँफेबगरमा सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न  गर्दै ६ जना उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल दिइएको उनले बताइन् ।


प्रत्येक वर्ष यस अभियानको अवसरमा महिला भलिबल प्रतियोगिता गर्ने गरेको भएता पनि कोरोनाको बेला रोकीएको उनले बताइन् । ‘अब प्रत्येक वर्ष अछाममा सम विकासले महिला भलिबल प्रतियोगिता आयोजना गर्नेछ ’ उनले भनिन् ,‘जुन स्थानीय तह विजयी भयो त्यही ठाउँमा अर्को वर्ष प्रतियोगितामा पुरस्कारको राशी बढाएर आयोजना गर्ने योजना बनाएका छौं । अहिले पनि सबै स्थानीय तह, गैर सरकारी संस्था र व्यवसायीबाट पनि राम्रो सहयोग पाइएको छ । ’


स्वास्थ्यका लागि र राष्ट्रका लागि मात्रै खेलकुद नभएर महिलाको शसक्तिकरणका लागि पनि खेलकुद आवश्यक रहेको उनले बताइन् ।‘ यो खेलबाट क्षेत्रिय र राष्ट्रीय गेम खेल्न सक्ने महिला अछाममा देखिएको छ । अछामका महिलालाई योभन्दा माथिल्लो तहका खेल प्रतियोगितामा समावेश गराउन हामी अहिले बाट नै लागि रहेका छौं ।’ उनले भनिन्  ।

सम्पन्न खेलमा दश स्थानीय तहका १० टिम र अन्य दुई गरी १२ टिमको सहभागिता रहेको थियो ।


 

593
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja