2026/04/16

नेपालसहित १२० देशले गरे इजरायल–हमास युद्ध रोक्ने पक्षमा मतदान, १४ देशको मत विपक्षमा

Admin

२०८०-०७-११

433
Shares

इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्तावको पक्षमा नेपालसहित विश्वका एकसय २० देशले मतदान गरेका छन्। नेपालले संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो। 

७ अक्टोवरमा हमासले इजराइलमा आक्रमण गरेयता त्यस क्षेत्रमा युद्धको अवस्था छ। यो युद्धमा परेर हजारौँले ज्यान गुमाइसकेका छन्।  अमेरिकाको न्यूयोर्कमा बसेको संयुक्त राष्ट्रसंघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै गरेको प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो।

इजरायल र हमासबीच युद्ध विरामको पक्षमा नेपालसहित विश्वका एक सय २० देशले मतदान गरेका छन् भने १४ देशले विपक्षमा मतदान गरेका छन्।  राष्ट्रसंघको सदस्य रहेका विश्वका ४५ देश भने मतदान प्रक्रियामै सहभागी भएनन्।  राष्ट्रसंघको महासभाले युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने त्यसलाई अस्वीकार गरेको छ।

महासभामा इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको भन्दै हमासले गरेको अत्याचार सहेर नबस्ने बताएका छन्।

433
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.