2026/07/30

एसियाडमा चीनको पकड झन् झन् बलियो, ३७ स्वर्णसहित पहिलो स्थानमा

Admin
Admin

२०८०-०६-०९

557
Shares
एसियाडमा चीनको पकड झन् झन् बलियो, ३७ स्वर्णसहित पहिलो स्थानमा

चीनको हाङझाओ शहरमा भइरहेको १९ औं एसियाली खेलकुदमा चीनले पकड बलियो बनाउँदै लगेको छ। उसले एक्लै ३७  स्वर्ण पदक जित्दा अन्य १० राष्ट्रले स्वर्ण चुमेका छन् । 

तेस्रो दिनको खेलसम्म चीनले ३७ स्वर्ण पदकसहित ६६ पदक जितेर पहिलो स्थान बनाएको छ । चीनले २० रजत र ९ कास्य पदक पनि जितेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ९ स्वर्ण, १० रजत र १२ कास्य गरी कूल ३१ पदक आफ्नो नाममा पारेको छ । 

पाँच स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित जापान तेस्रो स्थानमा रहेको छ । उज्वेकिस्तान चौथो स्थानमा छ । उसले चार स्वर्ण, चार  रजत र ६ कास्य पदक जितेको छ । हिजो चौथो स्थानमा रहेको हङकङ एक तह तल झरेको छ । तीन स्वर्ण, चार रजत र छ कास्यसहित हङकङ पाँचौ स्थानमा छ । 

छैठौं स्थानमा रहेको भारतले दुई स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको छ । दुई स्वर्ण, एउटा रजत र तीन कास्य पदक जितेको चाइनिज ताईपाई सातौं भएको छ । इन्डोनेसिया एउटा स्वर्ण, एउटा रजत र चार कास्य जितेर आठौंमा छ भने नवौंमा रहेको थाइल्याण्डले एउटा स्वर्ण र दुई वटा कास्य पदक हात पारेको छ । 

दशौं स्थानमा मकाउ र ताजकिस्तान छन् । यी दुई मुलुकले एक–एक वटा स्वर्ण र एक–एक वटा कास्य पदक जितेका छन् । एसियाडको विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको नेपालले भने हालसम्म पदक तालिकामा खाता खोल्न सकेको छैन ।

557
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja