2026/07/30

क्यानमा पारसको छलाङ

Admin
Admin

२०८०-०६-०६

519
Shares
क्यानमा पारसको छलाङ

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। 

शनिबार सम्पन्न निर्वाचनमा पारस खड्काले निकटतम प्रतिद्धन्दी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि पार्दै सचिव पदमा जित निकालेका हुन्। कुल खसेको ८५ मतमा खड्काले ४८ र मल्लले ३७ भोट ल्याए। 

क्यानको चुनावको तयारी गर्दै पारसले २ वर्षअघि सबैखाले क्रिकेटबाट सन्यास लिएका थिए।पुर्व कप्तान खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध हुँदै क्यानको निर्वाचनका लागि आफूलाई तयार पारेका थिए।बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुँदै पारसले क्यानका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। खेलाडीका रुपमा झण्डै दुई दशक मैदानमा बिताएका खड्काले क्यानको नेतृत्वमा आउँदै दोस्रो इनिङ्सको सानदार सुरुवात गरेका छन्।

519
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja