2026/04/16

क्यान निर्वाचन : अब सचिव र सदस्य पदका लागि मात्र मतदान

Admin

२०८०-०६-०६

446
Shares

नेपाल क्रिकेट संघ (क्यान) को आगामी नेतृत्वका लागि सचिव र सदस्य पदको मात्र निर्वाचन हुने भएको छ। शनिबार काठमाडौंमा जारी क्यानको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

अब सचिव र सदस्य पदका लागि मात्र निर्वाचन हुने भएको हो। सचिव पदमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।अब एक सचिव र १० सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ। जम्मा ३१ जनाले उम्मेदवारी दिएका थिए।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भएका हुन्। 

446
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.