भदौ १ गतेदेखि ५ गतेसम्म चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरूण चौधरीको निमण्त्रणामा हिन्दू धर्मगुरू बागेश्वर धाम सरकार ऊर्फ स्वामी धिरेन्द्रकृष्ण शास्त्री नेपाल आए । बाबा बागेश्वरधाम सरकार पहिलो पटक नेपाल आउँदा भक्तजनहरुको उपस्थिती आश्चर्कजनक उपस्थिति रहयो ।
यतिमा मात्रै सीमित भएन, नेपालका मन्त्रीदेखि सांसदको लाइन भदौ १ गते भिभान्ता होटलतर्फ लाग्यो । करिब पाँचजना मन्त्री तथा ३४ जना संसद हरू भेटका लागि भिभान्ता पुगे । गृहमन्त्री, परराष्ट्र मन्त्री, जनमत पार्टीका अध्यक्ष सहितका नेताहरू गुरूलाई भेट्न पुगे।
नवलपुरस्थित शास्वतधाममा देशभरीबाट भक्तजनहरुको बाक्लो उपस्थिति थियो । आयोजकले अपेक्षा गरेको भन्दा बढी भक्तजनहरुकको उपस्थितिले आयोजकलाई व्यवस्थापन गर्न भ्याई नभ्याई भएको थियो ।
बाबा बागेश्वरधाम सरकार पशुपतिनाथ मन्दिरमा पूजा गर्न जादा त्यहाँ भक्तजनहरुको अचानकको उपस्थितिले भिड नियन्त्रण गर्न हम्मेहम्मे नै परेको थियो । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण गर्ग शास्त्रीको दर्शन गर्न विमानस्थलदेखि नै दर्शनार्थीहरुको उपस्थिति देखिएको थियो ।
जनस्तरमा आचार्य धीरेन्द्र शास्त्रीको खुलेर स्वागत भए पनि केहि मिडिया र बुद्धिजीवी र नेताहरुहरुले बिरुद्ध गर्न कुनै कसर बाँकी राखेनन् । आचार्य धीरेन्द्र शास्त्रीले २७ बर्षको उमेरमा पाएको ख्याती र उनले लगाउने नारा 'हिन्दु राष्ट्र नेपाल'को भन्ने कुराले उनीहरु बिच्किएको देख्न्थिे ।
शास्त्रीले यसअघि बेलायतमा आफ्नो कार्यक्रम गरिसकेका हुन् । बेलायतमा समेत उनको कार्यक्रम भव्य रुपमा सफल भएको थियो । तर ८१ प्रतिशत हिन्दु रहेको देश्मा धीरेन्द्र कृष्ण शास्त्री आउँदा विरोध गरियो ।
धीरेन्द्र कृष्ण शास्त्री नेपाल आउन लागेको समाचार आएपछि नै देशको एक मुख्य समाचार पत्रिकाले आफ्नो फ्रन्ट पेजमा नै कुनै आतंकवादी आइरहेको शैलीमा नै अतिवादी गुरु भनेर समाचार बनाए ।
यस्तै अन्य केही मिडियाले समाचार बनाउँदा समाचारको भित्र नगई आफ्नो एजेन्डालाई सिद्ध गर्न तोडमोड गरि समाचार बनाउन निरन्तर लागि रहे ।
एउटा हिन्दु धर्मगुरु नेपाल आउन नपाउँदै विरोध शुरु भएको देखेर उनका समर्थकहरु रुष्ट भएका थिए । आफूलाई धर्म निरपेक्षवादी ठान्नेहरु बागेश्वर धाम सरकारको बिरोध गर्नुलाई हिन्दु धर्मप्रतिको असहिष्णुताको रुपमा देखियो ।
धीरेन्द्र कृष्ण शास्त्रीको बिरुद्धमा संसदमा पनि कुरा उठ्यो । त्यसमध्ये एक संसद अमरेश सिंह भन्ने उनलाई भेटन आफै शास्त्री बसेको होटेलमा राती पुगेका थिए । सांसद सिंह त्यहाँ राती ४ घण्टासम्म प्रतिक्षा पनि गरेका थिए । धीरेन्द्र कृष्ण शास्त्रीको व्यस्तताको कारण सासंद सिंह भेट्न सकेन ।
बागेश्वर धाम सरकारको बिरोध गर्नै नियतका साथ सासंदमा बोलेका सिंह यती पनि सम्झिन चाहेन कि कृष्ण शास्त्री सरकारको अनुरोधमा आएका होइनन् ।
सासंद सिंहले सरकारले कृष्ण शास्त्रलाई गृह युद्ध निम्तयाउन ल्याएको आरोप लगाए । कृष्ण शास्त्रीले लगाएको हिन्दु राष्ट्र नेपाल राज्यको जय भन्ने नाराले गृह युद्ध आउने हो ?
यो नारा नेपाल मै भएका धेरै राजनीतिक दलहरुले लगाउने गरेका छन । यतिको नारामा गृहयुद्ध निम्तिने हो भन्ने यसको जिम्मा नारा लगाउनेले होइन अर्को पक्षले लिने हो ।
नेपाल हिन्दु राष्ट्र हुँदा गृहयुद्ध भएको थिएन, नारा दिँदैमा गृहयुद्ध कसरी हुने हो । सासंद सिंह आफै विवादस्पद नेताको रुपमा चिनिन्छन । उनी आफैँ कुनै बेला भारतको एजेन्ट भन्दै मिडियामा भन्दै हिन्थे ।
पछिल्लो समय उनी माथि भ्रष्टाचारको मुद्दा पर्दा उनी त्यसको काउन्टरका रुपमा आफु भ्रष्टाचार बिराधी भएको भन्दै संसदमा लुगा फुकाल्दै गैर संसदीय व्यवहार प्रदर्शन गरेका थिए ।
८० प्रतिशत नागरिकको भावनामा ठेस पुर्याउने गरी कुनै अधारबिना लगाइने आरोप र गरिने सस्तो राजनीतिले बरु देशमा अशान्ति ल्याउने हो कि भनेर प्रश्न उब्जिएको छ ।
यस्तै संसदमा सत्ताको नेतृत्व गरिरहेका पार्टीकै संसदले कृष्ण शास्त्रीलाई र को एजेन्ट पनि भन्न भ्याए । हिन्दु धर्म गुरुमाथि लगाउने यस्तो आरोप माथि केही प्रमाण दिने हो कि सत्ताको नेतृत्व गरिरहेको दलका सांसदहरुले यस्तो संवेदनशील मुद्धामा ठोस प्रमाणसहित बोल्ने हो?