2026/04/10

नायिका निरुता सिंहले गरिन् विवाह

Admin

२०८०-०५-१६

580
Shares

काठमाडौं, १६ भदौ

कुनै बेलाकी चर्चित नायिका निरुता सिंहले विवाह गरेकी छन् ।

निरुताले भारतको मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । नायिका सिंहले आफूले गत बिहीबार सञ्जीवसँग विवाह गरेको बताएकी छन् । 

दर्पण छायाँसहितका कयौँ हिट फिल्ममा अभिनय गरेकी उनले पतिसँगको तस्बिर सार्वजनिक गर्दै खुसी साटेकी छन् ।

'मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफन्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरु, विभिन्न माध्यमका सञ्चारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई “निरुता सिंह बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतिका वर्षदेखिको एक मात्र प्रश्न , जसकोबिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो। त्यो हो …” निरुता जी बिहे कहिले गर्ने? भन्ने प्रश्न … आज त्यही प्रश्नको जवाफ दिन गइरहेको छु …. तपाईंहरुको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडकी छ …. हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु …. चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउनेछु …. धेरै धेरै माया।

580
Shares

©News Kunja 2021-2026. All rights reserved.