2026/07/29

भक्तपुरबाट दुई थान पेस्तोलसहित जंगे माझी पक्राउ

Admin
Admin

२०८०-०५-१४

499
Shares
भक्तपुरबाट दुई थान पेस्तोलसहित जंगे माझी पक्राउ

भक्तपुर, १४ भदौ

 मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । 

सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ । 

यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ । 

बसमा आगजनी
बिहीबार बिहान मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा आगजनी गरिएको छ ।

कमलविनायकबाट रत्नपार्क जाने क्रममा भाडाको उक्त बसमा आगजनी गरेपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

499
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja