2026/07/29

बालिका बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक पक्राउ

Admin
Admin

२०८०-०५-१२

935
Shares
बालिका बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक पक्राउ

तनहुँ, १२ भदौ 

गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एकजना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो । 

अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदैआएको प्रहरीले जनाएको छ । 

घरमा कोही पनि नभएको मौकामा बालिका एक्लै भएका बेला थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् । 

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

'प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ', उनले भने, 'अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ ।'

935
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja