2026/09/13

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको सभापतित्व ज्येष्ठ प्रतिनिधिले गर्ने

Admin
Admin

२०८२-०९-२६

322
Shares
कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको सभापतित्व ज्येष्ठ प्रतिनिधिले गर्ने

पुस २६, २०८२ 

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको सभापतित्व ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने भएका छन् ।

भोलि सुरु हुने उद्घाटन सत्रको सभापतित्व भने काठमाडौंका जिल्ला सभापतिले गर्ने विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन्। प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।

देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो। आइतबार र सोमबार आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।

मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ।

322
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja