2026/04/16

रास्वपासँग सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भए : अध्यक्ष घिसिङ

Admin

२०८२-०९-२६

168
Shares

पुस २६, २०८२ 

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पुस १४ मा सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भएको बताएका छन् । उनले एकतर्फी रूपमा रास्वपाले सहमति भंग गरेको पनि बताएका छन् । 

उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको पनि बताए ।

'छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो । समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ,' घिसिङले भने, 'आज अन्तिम दिनमा एकतर्फी रुपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो । एकतर्फी रुपमा सहमति भंग भएको उहाँले मलाई जानकारी गर्नुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।'

घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताए । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उनको भनाइ छ ।

संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताए । 'समावेशिता, संघीयता, संविधानले देखाएका आधारभूत विषय सम्बोधन गर्न पूरक सम्झौता गरौं भनेका थियौं । उहाँहरू सहमत हुनुभएको थियो तर उहाँहरू त्यसमा पछिल्लो समय सहमत हुनुभएन,' घिसिङले भने ।

168
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.