2026/07/29

गोरखा नगर समितिबाहेक सबै विशेष महाधिवेशनको पक्षमा

Admin
Admin

२०८२-०९-२५

279
Shares
गोरखा नगर समितिबाहेक सबै विशेष महाधिवेशनको पक्षमा

पुष २५, २०८२

पार्टी फुटाउन आह्वान गरिएको भनेर चर्चा गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गोरखाका जिल्ला सभापति, दुवै क्षेत्रको क्षेत्रीय, चारै प्रदेश समितिको तथा १० पालिकाका सभापति देखिएका छन्। 

बिहीबार गोरखा नगरपालिकाबाहेक सबै तहका कार्यसमितिका सभापतिले संयुक्त प्रेस वक्तव्य जारी गर्दै आउँदो पुस २७ र २८ गते महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपाने, क्षेत्र नं. १ का सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र नं. २ का सभापति गोविन्द गुरुङ, प्रदेश क्षेत्रीय सभापतिहरु १ क का खुनप्रसाद रेग्मी, १ ख का ठाकुरप्रसाद भट्ट, २ क का दीर्घमान गुरुङ र २ ख का दिनेश खनखवासले संयुक्त प्रेस वक्तव्यमा हस्ताक्षर गरेका हुन्। 

त्यस्तै सो संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै पालुङटार नगर कार्य समितिका सभापति विमल ढकाल, सिरानचोकका भक्तबहादुर गुरुङ, अजिरकोटका जंगबहादुर गुरुङ, बारपाक सुलिकोटका जीतबहादुर घले, धार्चेका सन्तबहादुर गुरुङ, चुमनुब्रीका सूर्य गुरुङ, आरुघाटका राजु गुरुङ, भीमसेन थापाका नारायणप्रसाद भट्टराई, सहिद लखनका काशिनाथ अम्गाई र गण्डकीका होमबहादुर रानाले विशेष महाधिवेशनमा सहभागी हुन जानका लागि महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

 

279
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja